२०७६-१०-२० गते सोमबार


सातौं एञ्जल्स् हार्ट कप अन्तरविद्यालय छात्र बास्केटवल प्रतियोगितामा सोमबार भएको घरेलु कोर्टमा भएको फाइनलमा एञ्जल्स् हार्टले बसुन्धरा नेशनल एकेडेमीलाई ४७-३२ को अन्तरले पराजित गर्दै पहिलो स्थान प्राप्त गरेको छ । एञ्जल्स् हार्टका प्रतिक गाउली मोस्ट भ्यालुएबल प्लेयर, बीएनएका सम्यक चापागाईं सर्वाधिक स्कोरकर्ता र एञ्जल्स् हार्टका रोशन श्रेष्ठ उत्कृष्ट थ्री प्वाइन्तर बने ।
विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने साथै विद्यालयहरु बीचमा मित्रता कायम राखी खेलाडीहरुको प्रतिस्प्रधात्मक भावनाको विकास गरी अनुशासित एवं जिम्वेवारीपुर्वक आफ्नो शीप र कलालाई विकास गर्ने उद्देश्यले तारकेश्वर–१०, मनमैजुमा अवस्थित एञ्जल्स् हार्ट माध्यमिक विद्यालयको आयोजनामा सातौँ अन्तर विद्यालय अन्डर ग्रेड – ८ बास्केटबल टुर्नामेन्ट – २०७६ को आयोजना गरेको थियो ।
उक्त कार्यक्रम आज तारकेश्वर नगरपालिकाका उप–प्रमुख श्री भवानी डोटेल धिताल ज्युले तारकेश्वर नगरपालिका- १० का वडा अध्यक्ष श्री अमृत थापा ज्यु, यसै विद्यालयका कार्यकारी अध्यक्ष श्री लिल बहादुर पुन ज्यु, यसै विद्यालयका प्रिन्सिपल श्री धन बहादुर पुन ज्यु, बीएनएका प्रिन्सिपल श्री टंक कुमार चापागाईं ज्यु र यसै विद्यालयका संस्थापक सदस्य श्री याम बहादुर छन्त्याल ज्युको उपस्थितीमा विजेताहरुलाई पुरस्कार वितरण गर्दै आजको यस सातौँ अन्तर विद्यालय अन्डर ग्रेड – ८ बास्केटबल टुर्नामेन्ट – २०७६ सफलतापुर्बक समापन भयो ।

BBT_3.jpgBBT_1.jpgBBT_6.jpgBBT_2.jpgBBT_5.jpgBBT_4.jpg