Celebration of Teej

Posted on : 28 April 2019
Views : 1403

Celebration of Teej

मानिसले आमाको काखबाटै सिक्ने संस्कार आज-आज भोलि-भोलि समाजको सांस्कृतिक परिधिभित्र झाँगिदै विकसित हुन्छ। जुन एउटा परम्पराको रुपमा स्थापित हुन्छ। परम्परा विशेष गरि ठाउँ, समय र परिस्थिति अनुरुप आफुलाई परिबर्तन गर्दै लगेको हुन्छ। जुन परिवर्तन आधुनिकवादको रुपमा विकसित हुन्छ। तर एक्काइसौँ शताब्दीमा आइपुग्दा उत्तरआधुनिकवादका दार्शनिक Jean Baudrillard भनछन् - “उत्तर आधुनिकवादमा मात्र नक्कल हुन्छ, जुन सतहीमा बग्छ। असंख्य नक्कलले वास्तविकताकै मूल्य पाउनु पर्छ भन्ने दाबी गर्छ।” वास्तवमा यस वादमा सभ्य समाजका विकृति, विसंगतिलाई पनि उत्सवको रुपमा स्वीकार गरिदिनुले आज हाम्रो तिज जस्तो पवित्र धार्मिक संस्कृति पनि अछुतो हुन सकेको छैन। जसमा विविध रुप देख्छौं, र पनि हामी यसैमा समाहित भै उत्सवकै रुपमा स्वीकार्छौं। आजका यथार्थलाई टिप्ने प्रयासका साथ कोरिएको “Celebration of Teej” नामक चित्र एक हो।

Pak Bahadur Thapa

Guardian