Posted on : 14 March 2019
Views : 682
हिमालको काखमा छ मेरो प्यारो देश।
अनेकौँ छन् संस्कृति आफ्नै भाषा भेष।।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश।
झरना खोला सौन्दर्य धारा बहने अशेष।।
यही जन्मे सीता, बुद्ध यही जन्मे जनक।
बलभद्र भक्ति जस्ता वीरले बढ्यो रौनक।।
भृकुटी र पासाङ्गले नि कमाकै हुन् नाम।
नारीले नि गर्न सक्छन् प्रेरणादायी काम।।
हत्या हिँसा रोक्नुपर्छ हामी सबै मिली।
नाम जात नछुट्याऊ बेली र चमेली।।
आफैँबाट सुरु गरौँ देश निर्माण गर्न।
हातेमालो गरौँ सबै शान्ति सन्देश छर्न।।
रोटो पिठो जस्तो मिल्छ त्यही सुख खोज।
दासी बनी विदेश जाने मोजमस्ती नरोज।।
श्रम गरी बसौँ यही यसलाई बनाऔँ स्वर्ग।
विदेश गई आफ्नो देशलाई नबनाऔ नर्क।।
अयोध्या प्रसाद प्याकुरेल
नेपाली शिक्षक
