आजको एक्काइसौँ शताब्दीमा संसारले गरेको विकास, प्रगति, नयाँ नयाँ खोज अनुसन्धान र तिनीहरुको उपलब्धि, विज्ञान प्रविधि, सुचना प्रविधि र अन्य आधुनिक प्रविधिहरुले मानव समाज र विकासक्रमलाई झन् झन् जटिल बनाइरहेको छ। यी प्रगतिसँगसँगै विश्वले आफना शिक्षण सिकाइ पकृया , पाठ्यक्रम, पाठ्यपुस्तक विषयवस्तुलाई परिवर्तन गरिरहेको छ। यो युगमा जन्मेका बच्चा पनि नयाँ प्रविधिसँग परिचित भैसकेको सन्दर्भमा अब पुरानो शैलीको शिक्षा पद्धति, शिक्षण विधिहरु, कृयाकलापहरु थोत्रा र बुढा हुँदै गैरहेका छन्। हामीले तिनीहरुलाई नयाँ विधि, पद्धति, तौरतरिकाबाट परिवर्तन र विकसित गर्दै लैजानु पर्दछ। हम्रा बालबालिकालाई यसरी धार लगाउनु पर्छ कि जस्तोसुकै वाधाहरु चिरेर आफुलाई अबल दर्जाको सावित गर्न सकुन। यो आधुनिक युगमा आफनो अस्तित्व बचाउन मुस्किल नपरोस्।
यस्तो महान उद्देश्य बोकेका शिक्षकशिक्षिकामा साँचै बालबालिकालाई समयानुकुल शिक्षा दिने सङ्कल्प छ भने आफुलाई पहिले समयानुकुल परिवर्तन गर्नु पर्दछ। अरुलाई आफुजस्तो बनाउने होइन कि आफु अरुभन्दा उत्तम हुने प्रयास गर्नु पर्दछ। यसका लागि निरन्तर अध्ययन र सृजनशिल विचारको विकास गर्नुपर्छ। नयाँ तरीका खोज्नलाई सृजनशील हुनु पर्दछ। यसरी अध्ययन, तालिम, कार्यशाला गोष्ठी, सभा, सेमिनार आदिको आवश्यकता पर्दछ। तालिम किन चाहिन्छ त भन्ने विषयमा निम्नानुसार बुँदाहरुमा उल्लेख गर्न सकिन्छ ।
१. आफुलाई संधै up to date राख्न: हामी शिक्षकशिक्षिकाहरुले आफुलाई upgrade गर्दै जानु पर्छ। नयाँ प्रविधि, विधि, नियम, तरिका आदिलाई आत्मसात गर्न र बुझ्न तालिमले महत्वपुर्ण भुमिका खेल्छ।
२. समयसापेक्ष शिक्षा पद्धति, शिक्षण सिकाइ कृयाकलाप पाठयक्रम पाठयपुस्तक र सामगीको चयन गर्न ।
३. विस्मृतिबाट जोगिनः हामीले आफुले पढेका, जानेका र बुझेका सबैकुरा प्रयोगमा आइरहेका हुँदैनन्। हामी विर्सदै पनि जान्छौ। तालिमले हामीमा पुर्नताजगी प्रदान गर्दछ। हामी कक्षामा जाँदा नयाँ जोश जाँगरका साथ प्रवेश गर्न सक्छौ ।
४. सीपमुलक (Skill base) र व्यवसायिक (Vocational) शिक्षामा जोड दिन:
अहिलेको आवश्यकता Skill based education र Vocational education हो। बालबालिकाले पढीसकेपछि कुन व्यवसाय रोज्ने भन्ने कुरा पहिले नै तय हुनु पर्दछ। त्यसैले यस्ता विषयहरुको पढाइ कसरी गर्ने भन्ने कुरा छलफल, सभा गोष्ठी, तालिम आदिबाट निर्धारण गरिन्छ।
५. रटन्ते विद्याको अन्त्य गरी Continuous and comprehensive evaluation system लाई develop गर्न सबैका लागि शिक्षा भन्ने नाराका साथ संयुक्त राष्ट संघले विद्यार्थीको योग्यताको मुल्यांकन लिखित परीक्षाले मात्र गर्न सकिन्न सबै विद्यार्थीमा गणित र अंगेजीले मात्र गर्न सकिन्न सबै विद्यार्थीमा गणित र अंगेजी पढेर उत्कृष्ट बन्ने क्षमता नभए पनि कविता भन्ने कथा लेख्ने, गीत गाउने, बजाउने, नाच्ने, चित्र बनाउने, भाषण गर्ने तर्क गर्न आदि विभिन्न प्रकारका Intelligence हरु हुन्छन। तिनीहरुको पनि मुल्यांकन गरिनुपर्छ र त्यही अनुसारको प्रमाणपत्र दिनुपर्छ भन्ने मान्यता राखेको छ। हामीले पनि यस्तो पद्धति अपनाउन हामीलाई छलफल, गोष्ठी, सेमिनार, तालिम आदिले सहयोग गर्दछ ।
६. आफु विस्थापित हुनबाट बच्न तालिम र गोष्ठीले हामीलाई नयाँ तरिका सिकाएर पढाइलाई चाखलाग्दो बनाउन सहयोग गर्छ। आफुसँग भएका गल्ती कमजोरी सुधार गर्न सहयोग गर्दछ। शिक्षण पेशा त जटिल बन्यो भनेर जागिरै छोडनु पर्ने आवस्थाबाट बचाउँछ। हामीभन्दा झगडा मान्छे आयो भने हाम्रो जागिरै जानसक्छ तर हामी up to date बनिरह्यौ भने त्यस समस्याबाट पनि बच्न सक्छौं ।
सरु वाग्ले
शिक्षिका
