गितारको सङ्गीतभित्रको सुर र ताल दुवैसँग सम्बन्ध रहेको छ। अन्य बाजाहरु कि त सुरसँग सम्बन्ध हुन्छ। कि त तालसँग सम्बन्ध रहेको हुन्छ। तर यस गितारमा सुर र ताल दुवै हामी पाउन सक्छौं। गितार एक प्लेक्टमले वा हातको औंलाले हानेर बचाउने वाद्य भएकोले यो तत् वाद्य अन्तरगतको बाजा मान्न सकिन्छ। गितार एक ल्याटिन अमेरिकन वाद्य माने पनि भएको विकास स्पेनबाट भएकोले यसलाई स्पानिस गितार पनि भन्ने चलन छ। पूर्वीय सङ्गीतका पौराणिक वाद्य वीणाको विकसित रुपमा पनि मानेका छन्। पहिले पश्चिमी सङ्गीतमा यसको उपयोग वाद्यवृन्द (आरकेष्ट्रा) मा बढी गर्दथ्यो। गितारमा मेलोडी र हार्मोनी दुवै स्वरहरु पर्याप्त हुने भएकोले महान सङ्गीतकार ‘बीथोबिन’ ले गितारलाई एक नव वाद्यवृन्दको संज्ञा दिएका थिए।
इतिहासविद्हरु गितारको विकास आदिम इजिप्टबाट करिब पाँच हजार वर्ष पहिले भएकोमा विश्वास गर्दछन्। इस्वी सन् ७११ मा मूरहरुले स्पेनमा सैन्यबलबाट प्रवेश गर्दा उत्तरी अफ्रिकाबाट गितारलाई पनि आफुसँगै भित्र्याए। त्यसपछि अठारौं शताब्दीको अन्ततिर स्पेनका कलाकार एन्टोनियो टोरेस जुआर्डोले आधुनिक बनोटको गितारको सुरुवात गरे। यसैताका स्पेनकै अर्का सङ्गीतकार एवं गितारवादक फ्रान्सिस्का टेरेगाले गितार बजाउने आधुनिक कला (कर्ड) को सुरुवात गरे। आजभोलि गितारको महत्व अति बढेको छ। प्रत्येक घरमा गितार अनिवार्य भएको छ। किनकी यो लोकगीतदेखि पपगीतसम्म, भक्ति गीतदेखि शास्त्रीय गीत सम्म प्रयोग भइरहेको छ। अझ नयाँ पिंढीका युवाहरुको लागि नभई नहुने वाद्यको रुपमा आएका छन्। गितारलाई हामी चार किसिमबाट बजाउन सकिन्छ।
१) रिदम स्टाइल, २) लीड स्टाइल, ३) बेस स्टाइल, ४) प्लकीङ्ग स्टाइल
बायाँ हातले विभिन्न कर्डहरु थिची दायाँहातले सबै तारहरुमा एकै चोटि हिर्काइ विभिन्न तालहरु सृजना गरी बजाउने तरिका रिदम हो भने कुनै सङ्गीत रचनाको मेलोडीलाई एक–एक स्वरगरी छुट्टा–छुट्टै तारहरुमा बजाउने तरिका लीड स्टाइल हो। त्यस्तै सङ्गीत रचनामा लागेको कर्डको र तालको आधारमा आधारमा गितरको तेस्रो, चौथो, पाचौ र छैठौ तारहरु माटो स्वर निकाली बजाउने तरीका बेस स्टाइल हो। यसको लागि छुट्टै इलेक्ट्रिक बेस गीतारको आवश्यक पर्दछ। साथै सङ्गीतको रचनामा लागेको कर्डहरुमा दाया हातको फरक फरक तारहरुमा बजाउने तरिका प्लडिङ्ग स्टाइल हो। मूलत गितार तीन प्रकारका हुन्छन् १) एकाष्टीक गितार २) इलेक्ट्रीक गितार ३) हवाइएन गितार (स्लाइड गितार)
गितार भित्रका स्वरहरु
क) गितारका तारहरु छ वटा हुन्छन् जुन यस प्रकारका छन्।
१) तार सप्तकको ग (तलको मसिनो तार)
२) मध्य सप्तकको नि (तलको दोस्रो मसिनो तार)
३) मध्य सप्तकको प (बिचको तेस्रो तार)
४) मध्य सप्तकको रे (बिचको तेस्रो तार)
५) मन्द सप्तकको ध (माथिल्लो पाँचौ तार)
६) मन्द सप्तकको ग (माथिल्लो छैठौं तार)
चित्रमा हेरौँ
ख) पहिलो तारभित्रका स्वरहरु
यस तारको खुल्ला स्वर ग बाट सुरु भई Finger board को बाह्रौं Fret मा ग मा नै अन्त्य भएको छ।
ग) दोस्रो तार भित्रका स्वरहरु
यस तारको खुल्ला स्वर नि बाट सुरु भई Finger board को बाह्रौं Fret मा नि मा नै अन्त्य भएको छ।
घ) तेस्रो तार भित्रका स्वरहरु
यस तारको खुल्ला स्वर प बाट शुरु भई Finger board को बाह्रौं Fret मा प मा नै अन्त्य भएको छ।
ङ) चौंथो तार भित्रका स्वरहरु
यस तारको खुल्ला स्वर रे बाट शुरु भई Finger board को बाह्रौं Fret मा रे मा नै अन्त्य भएको छ ।
च) पाँचौं तार भित्रका स्वरहरु
यस तारको खुल्ला स्वर ध बाट सुरु भई Finger board को बाह्रौं Fret मा ध मा नै अन्त्य भएको
छ ।
छ) छठौं तार भित्रका स्वरहरु
यस तारको खुल्ला स्वर पनि 1st string जस्तै ग बाट शुरु भएर ग मै अन्त्य हुन्छ।
एकाष्टिक गितार भन्नाले इलेक्ट्रिक जडान नगरिएको गितार जुन हाल स्पानिस गितार पनि भनिन्छ । यस अन्तर्गतः
क) सिम्पल रिदम गितार ख) Twelve स्टिङ्ग गितार
ग) Jazz Led गितार घ) Western क्लासिकल गितार आदि
यस प्रकारका गितारहरु पर्दछन्। यस गितारमा यदि pick-up राखी इलेक्ट्रिक बनाइयो भने यसलाई सेमी एकास्टिक गितार भनिन्छ। गितारको sound box नबनाई सिधा इलेक्ट्रिक म्याडनाइट फिट गरी मात्र इलेक्ट्रिक बनाई बजाउने गितार इलेक्ट्रिक गितार हो। यो गितार बिना इलेक्ट्रिकस्वर आउँदैन । यो led र bass गरी दुई किसिम हुन्छन् साथै गितारको वार माथि उठाई तारहरुमा बायाँ हातले फलाम वा स्टिलको रडले घिसारी दायाँ हातको औंलामा विशेषखालको औंठी लगाई बजाउने गितार हवाइएन वा स्लाइड गितार भनिन्छ। गितार बजाउन गितारको अङ्गहरुबारे जानकारी हुनु आवश्यक छ । यसका लागि तलको चित्रमा हेरौं।
गितारको चित्र
ईश्वर जोशी
संगीत शिक्षक
