आमा

Posted on : 07 May 2019
Views : 1011

भन्दिनन् उनी हार्दिनन् उनी उद्देश्य चुम्नलाई।
रोकिन्नन् उनका दशनङ्ग्रा कहिल्यै परिश्रम गर्नलाई।।
छुट्याउँछिन् उनी सजिलै सबै को राम्रो नराम्रो।
भन्दिनन् कहिल्यै कसैलाई पनि यो तेरो यो हाम्रो।।

चुमाउन उनी नौ सय तारा हरपल तयार छिन्।
पाल्न र पोस्न कर्णधार देशका सबथोक त्याग्छिन्।।
दश धारा दुध बगाई पाल्छिन् कर्णधार देशलाई।
पीडाको खानी मायाको खानी सलाम छ आमालाई।।

शव्द नै महान आमाको अर्थ कसरी बुझाउनु।
सूर्य र चन्द्र सबथोक भुल्छन् आमा नै उदाउनु।।
वर्तमान युद्ध लडेर आमा भविष्य पाउनु छ।
आमाको साथ जीवनभर पाए सबथोक पुग्दछ।।

सन्देश मरहट्टा

शिक्षक