शिक्षा

Posted on : 19 May 2019
Views : 895

शिक्षाको उज्यालो घामले
हामीलाई सफल बनाउँदछ।
शिक्षा विनाको जीवनलाई
सधैँ अन्धकारले सताउँदछ।।

गाउँ गाउँमा शिक्षा फैलाई
देशको विकास गर्नु छ।
छोराछोरी समान गरी
शिक्षाको ज्योति छर्नुछ।।

वस्ती वस्तीमा शिक्षा पुर्याई
सबैलाई शिक्षित बनाउँदछ।
यही शिक्षाले हामीलाई
विश्व सामु चिनाउँदछ।।

दिप्ती नेपाल

कक्षा – ७