Posted on : 26 May 2019
Views : 924
मेरी आमा काली छिन्
नराम्री छिन् भनेर,
आजसम्म कसैले
अर्की आमा चाहियो
भन्या सुन्या छैन मैले,
भन्न पनि हुँदैन,
जसले आफ्नो गर्भमा राखेर
प्रसव वेदना सहेर जन्म दिन्छ,
दश धारा दूध चुसाएर,
आफु नखाई खुवाउँछिन्
आफ्नो दुःख सहेर
स्याहार सुसार गर्छिन्
पढाउँछिन् र बढाउँछिन्
त्यस्ती आमालाई
कसले नराम्री भन्न सक्छ र।
हो त्यस्तै मेरी आमा
मेरो जन्मभूमि नेपाल आमा
तिमी कुरुप भए पनि
नराम्री र गरिव भए पनि
म तिमीलाई माया गरिरहन्छु।
म तिमीलाई सधै सधै साथै देख्न चाहन्छु।
तिम्रो न्यानो काखमा,
न्यानो स्पर्शमा जीवनभर बस्न चाहन्छु
रमाउन चाहन्छु,
धन्य मेरी आमा।
प्रजा पुन
कक्षाः ८
