Posted on : 06 June 2019
Views : 1274
हिजो राति सोचेँ मैले चालचलनको बारेमा,
त्यही सोचमा पर्दा मैले ध्यान दिँन मेरो कार्यमा।
यहाँ छन् थरीथरीका भाषा र भेष,
चालचलनले भरिएको हाम्रो प्यारो देश।
कोही मान्छन् गौतम बुद्ध, त कोही काली माता,
यी सबैले बढाउँछन् हाम्रो राष्ट्रियता।
बस्छन् बाहुन, मगर, लिम्बू, शेर्पा सबै यहाँ,
यस्तो राम्रो चालचलन पाइएला कहाँ।
राष्ट्र गान गाउँछौं हामी सबै मिलिजुली,
सबै एउटै बगैँचाको फूल झैँ फूली।
निर्जला भट्टराई
कक्षा : ७
