प्रकृति

Posted on : 11 June 2019
Views : 1143

प्रकृति तिम्रो विविध आकृति
हौँ मानव हामी तिम्रै सन्तति।

खोला नाला, हिमाल तिम्रै छन् रुप
यिनले नै सिङ्गारेका छन् तिम्रा स्वरूप।

हावा पानी, जंगल, जनवार
तिमीभित्र छन् अनेक अपार।

प्रकृति तिमी छौ सभ्य र शान्त
हाम्रै कारणले बन्दैछौ अशान्त।

तिम्र कारण मानव यो धर्तीमा रमाउँछ
तिम्रो रिसमा हाम्रो मन डराउँछ।

काट्दैनौ वन, मार्दैनौ जनावर
फाल्दैनौ फोहोर, गर्दैनौ अत्याचार।

जोगाइदेउ आफ्नो रचनाको संसार
हुने छौं हामी तिमी प्रति आभार।   

यशस्वी गिरी

कक्षा : ८