Posted on : 14 July 2019
Views : 948
१८७१ साल रम्घा चुँदी गाउँमा।
युग प्रवर्तक जन्मिए यस धरातलमा।।
धनञ्जय पिता थिए धर्मावती माता।
प्रतिभा र साधनाका थिए उनी ज्ञाता।।
दरिद्र त्यो घाँसीबाट पाएथे है अर्ती।
भानुभक्त जन्माएर प्रफुल्लित भो धर्ती।।
एकताको सुत्र बाँधे पृथ्वीले देशमा।
एकताको गान गाए भानुले भाषामा।।
रामायण उल्था गरी भानु साहित्यमा।
कृति उनको सर्वत्र भो तेज लालित्यमा।।
भक्तमाला वधूशिक्षा नेपालीका मनमा।
रामायणले चर्चा पायो विहे वर्तबन्धमा।।
मौलिकता सरलता आध्यात्मिकता चिन्तन।
घरघर वनवनमा रामकै भाज्यो कीर्तन।।
समकालीन समयमा चर्चित थिए उनी।
आदिकवि भानुभक्त माधुर्यका धनी।।
१९२५ सालमा उनको मृत्यु भयो।
काया जले पनि उनको कृति अमर रह्यो।।
अयोध्या प्रसाद प्याकुरेल
नेपाली शिक्षक
