गुरुप्रति

Posted on : 16 July 2019
Views : 1638

तिमी
भगवानलाई मन पराउनेछौ
प्रेम गर्ने छौ
जहाँ
र जहिलेसुकै
उसको इज्जत गर्ने छौ
हृदयदेखि।

तिमी
कुनै झुट्टो कुरा बोल्ने छैनौ
कुनै लाज, संकोच र डर मान्ने छैनौ
आफैलाई भन्दा बढी
दुनियाको सबै चिजहरु भन्दा माथि
तिमी
भगवानलाई पाउनेछौ।

तिमी
प्रत्येक बिहान
प्रत्येक साँझ
प्रत्येक क्षण
र प्रत्येक सपनामा उसलाई पाउनेछौ
भगवानको आदर्शलाई पछ्याउनेछौ
जीवन रहेसम्म।

यही त हो ‘आस्था’
यही त हो ‘विश्वास’
यही त हो ‘श्रद्धा’
यही त हो ‘ज्ञान’
यही त हो ‘भक्ति’
यही त हो ‘प्रेम’
गुरुप्रति।

विजयसिंह थापा

शिक्षक