गुरु-बन्दना

Posted on : 16 July 2019
Views : 1424

म अनाथ हुँ  अनाडी छु म अझै
अज्ञानी भ्रमित म छु ।
शान्ति होस् यो धरतीमा प्रभुकृपा
गुरु धाम शरण पर्दछु ।।

आशिर्वाद कृपा भै दिएमा गुरुको
यो मनको मैलो पखाली ।
सेवा गर्न पाउँ गुरु चरण कमलमा
मन अर्पण हात छ खाली ।।

हजुर नै मेरो मातापिता देवी देवता
हजुर नै शाक्षात इश्वर ।
दर्शन पाएँ अहो भाग्य प्रभु हजुरको
मन भो तरंग र भाव विभोर ।।

शाष्टाङ्ग दण्डवत गरि  चरणमा
क्षमा चाहन्छु फेरि ।
महिमा म कसो गरि गरूँ  
अज्ञानीले यस घडी ।।

लीला हो कि प्रभु  हजुरको गुरु भै
उद्धार गर्न जनजनमा ।
स्वज्ञान शिक्षा दिई आँखा खोली दिनु भो
शान्ति भो अब मनमनमा ।।

अझै चिन्ने के कसो गरि हजुरलाई
अबोध हामी सबै ।
हुन्न कुवासना र दुर्गन्ध मनका
सखाप नपारी कबै ।।

हजुर दयाको सागर परम प्रभु
बर्षा करुणा गरी ।
ज्ञानको ज्योति बाली दिनुहोस् अबोधमा
कैलै ननिभ्ने गरी ।।

कोटी कोटी नमन गर्छु प्रभु हजुरहरुको
कोमल ति चरण चरणमा ।
बुझिन जीवन के हो मानवको म कहिलै
पर्छु अब म शरण शरणमा ।।

हजुर नै परम गुरु हजुर नै भगवान
हजुर नै मेरो परमात्मा ।
ज्ञानरुपी जलले पखाली मन पेट
निर्मल बनोस् यो आत्मा ।। 

दीनानाथ पौडेल

संस्थापक