Posted on : 21 July 2019
Views : 1423
बगैंचामा फुल छ फुलमाथि पुतली
थरीथरी फुल छ थरीथरी पुतली
फुरफुर गर्छ पुतली फुलमाथि बसेर
परपर जान्छ पुतली मिठो रस चुसेर
बगैंचामा फुल छ फुलमाथि भमरा
थरीथरी फुल छ थरीथरी भमरा
भुनभुन गर्छ भमरा फुलमाथि बसेर
परपर जान्छ भमरा मीठो रस चुसेर
बगैंचामा फुल छ फुलसँगैं हामी
थरीथरी फुल छ सानासाना नानी
रमाईरमाई खेल्छौं हामी बगैंचामा पसेर
मिठोमिठो खाजा खान्छौं सबैजना बसेर
निलिमा पुन
संगीत शिक्षक
