Posted on : 24 July 2019
Views : 901
माया गरौँ किताबलाई
च्यात्न हुन्न है ।
कापी किताब जताततै
फाल्न हुन्न है ।।
किताबलाई कुल्चन र
लत्याउन हुन्न ।
कहिल्यै पनि आगो लगाई
डढाउन हुन्न ।।
किताबले ज्ञान दिएर
विद्वान बनाउँछ ।
अज्ञानलाई हटाएर
ज्ञानी बनाउँछ ।।
माया गरौँ किताबलाई
च्यात्न हुन्न है ।
जतन गरी झोलाभित्र
राख्नु पर्छ है ।।
कुलचन्द्र वाग्ले
शिक्षक
