Posted on : 30 August 2019
Views : 1039
इतिहासमा बाबा तिमीले पाएनौ त्यति गुणगान,
आज जस्तो तिमीले पाएनौ त्यति सम्मान ।
निकै नै जाती तिमी बालपनको साथी तिमी,
दुखमा दुखी तिमी सुखमा सुखी तिमी ।
जति दुख जति कष्ट अपहेलना भए पनि,
बाबा जस्तो स्वाभिमानी पाउँदैनौ कहीँ पनि ।
हृदयदेखि दुई शब्द बोले बाबा तिम्रो लागि,
जीवन अर्पण गर्नेछु तिम्रो सपना पुरा गर्नका लागि ।
समयसँग चल्न सक्ने कति बलवान रहेछौ तिमी,
आफु भोकै रहेर सन्तानको पेट पाल्ने तिमी ।
दुख कष्ट सहन्छौ तिमीले आफ्नो सन्तानका लागि,
आमा जतिकै महान छौ बाबा तिमी पनि।
लेखेर सकिन्न कहेर सकिन्न तिम्रो गुणगान,
हरेक छोराछोरीको छातीभित्र छ तिम्रो सम्मान ।
भनेर नसकिने तिम्रो यो महिमा छ अपार,
भगवान भन्दा माथि छौ तिमी स्वाभिमानको सागर ।
उषा थापा मगर
कक्षा - १०
