पर्यायवाची

Posted on : 18 September 2019
Views : 1062

साँचो सत्य बोल्नेलाई सत्कार सम्मान गर्छु,
ठूलाबडा गन्यमान्य सबको कुरा सुन्छु।

दम्भ द्वेष घमण्डले सारा ध्वस्त पार्छ,
काल बेला आएपछि हुने भई छाड्छ।

हर्ष खुसी दुःख कष्ट सबै खप्न सिक,
दीन दुःखी सबैलाई गर सधै हित।

शिशु बाल बच्चा सबै देउता समान हुन्छन्,
धर्ती धरा धरणीले सबको रक्षा गर्छन्।

मानिसका शत्रु वैरी मान्छे बन्छन् किन?
टुहुरा र अनाथको आउँछ भोलि दिन।


अयोध्या प्रसाद प्याकुरेल

शिक्षक