स्वस्थ रहन के गर्ने ?

Posted on : 25 September 2019
Views : 1209

सबैलाई थाहा छ स्वास्थ्य नै धन हो । थाहा हुँदा हुँदै पनि हामीले गर्नुपर्ने क्रियाकलाप गरिरहेका हुदैनौँ । जो मानिस विरामी भएर अस्पताल गएर आफुले कमाएको धन सम्पत्ति सबै सकेर पनि अन्त्यमा डाक्टरको मुखबाट sorry भन्ने शब्द सुन्छ तब उसले बुझ्छ स्वास्थ्यको महत्व ।
विरामी भएर उपचार गर्नुभन्दा विरामी नै हुन नदिनु हामीले यी कार्यहरु गर्नु उपयुक्त हुन्छ ।
१. दैनिक ८ गिलास पानी पिउँने
२. दैनिक रुपमा साग खाने
३. खानामा सलाद समावेश गर्ने
४. दैनिक व्यायाम गर्ने
५. विहान उठ्ने वित्तिकै एक गिलास मन तातो पानीमा कागती रस राखेर पिउने
६. मौसम अनुसार फलफुल खाने
७. चिसो पेय पदार्थ नपिउने
८. चिया कफि धेरै नपिउने
९. नुन कम खाने बढी गुलियो नखाने
१०. तारेको खानेकुरा र डढेको खानेकुरा नखाने
११. ६/६ महिनामा स्वास्थ्य जाँच गर्ने
१२. चाँडै सुत्ने र चाँडै उठ्ने
१३. ८ घण्टा मजाले सुत्ने
१४. रक्सी, चुरोट र सुर्ती सेवन नगर्ने
१५. विहान कम्तीमा ३० मिनेट हिड्ने
१६. सुख दुःख सयेर गर्ने र विदाको दिन परिवार सहित घुमफिर गर्ने
१७. ३/३ महिनामा ब्लड प्रेसर चेक गर्ने
१८. दिनहुँ एक पटक मजाले हाँस्ने
१९. आफुलाई कमजोर नसम्झने
२०. सकारात्मक सोचाई राख्ने
२१. ध्यान योग गर्ने

 

कृष्ण जिरेल

शिक्षक