Posted on : 26 September 2019
Views : 1028
जन्मे राम कृष्ण दुवै जना देह मानवकै थियो ।
सत धर्म पराक्रम अन्याय र पाप नासियो ।।
कविर, बुद्ध, जैन, महमद, जेशिस सबै देह धारी नै हुन् ।
ज्ञान पाई ब्रह्मत्व र दिव्य आत्मा भए ती जुन ।।
अहिले अवतार भो ॐ परम् गुरु त्रिकुटानन्द ।
साक्षात् ईश्वर ब्रह्म गुरु सानिध्यमा झनै आनन्द ।।
ब्रहमरस पिलाइदिने शिक्षा दीक्षा कति कति ।
त्रिकालदर्शी मोक्ष दाता दैवी शक्ति चाहे जति ।।
लोक परलोक ब्रह्माण्डका सबै देवी देवताका ।
परम् गुरु देहधारी सबको उद्धार गर्न आका ।।
भ्रममा हामी नपरौँ है के को हो भनि कन ।
परम् गुरु शरण परौँ छिट्टै हामी सबै जन ।।
गुरुदेवका ज्ञान शिक्षा यो कलिमा झन् चाहिन्छ ।
मौका आ'छ पर्खदैन छुटे पछि काँ पाइन्छ ।।
श्री ॐ प्रभु
दीनानाथ पौडेल
संस्थापक
