Posted on : 29 September 2019
Views : 1070
जन्मेपछि
मर्नुछ एक दिन
तर,
मृत्युसित डराउँछु म ।
भीडमा कतै हराएँ कि भनेर
हिँड्दा हिँड्दै
यात्रामा कतै छुटेँ कि भनेर
वा एकान्तको चिसो ढुंगोमुनि एक्लै
आफ्नै र्याल्मा अल्मलिरहेको चिप्लेकिरो झैँ
आफैले थाहा नपाउने गरी
अचानक
मर्छु कि भन्ने डर लाग्छ ।
जसरी
पुच्छ्रेतारा खस्छ अचानक
खस्छ
झरीले चुटिरहेको चुवाको फुल
कुनै अपरिचित तर सुन्दर युवक देखेर तिमी
केही क्षण बिर्सन्छौ मलाई
मेरो यस्तो मृत्युदेखि मलाई डर लाग्छ ।
जन्मेपछि
मर्नु छ एकदिन
तर
मृत्युसित डराउँछु म
आत्महत्या गर्न सक्दिन
मृत्युसित डराउँछु म ।
थाहा छ मलाई
तिमी यतिखेर
घृणाको तिखो चक्कु लिएर
उभिएकी छ्यौ मभित्र
मेरो प्रेम प्रस्ताव र सारा प्रयत्नहरु
जन्मेपछि
मर्नु छ एकदिन तर
मृत्युसित डराउँछु म ।
सम्झना चौधरी
सिस्टर
