Posted on : 13 November 2019
Views : 1345
बामे सर्दै लर्खराइ रहेकाहरुको लागि
स्वर्णिम भविष्यको कल्पनामा दौडिरहेकाहरुको लागि
पथप्रदर्शक हो एञ्जल्स् हार्ट
बाटो बिराइरहेकाहरु
अनि गन्तव्यमा पुग्नै नसकेकाहरुका लागि
साथी हो एञ्जल्स् हार्ट
कलिला हातहरुलाई कर्म रेखा कोर्न सिकाउने
बिचलित मनस्थितिमा सद्भाव र प्रेम भर्न सिकाउने
मार्गदर्शक हो एञ्जल्स् हार्ट
बिग्रिएका, भत्किएका विचारधारालाई
सच्याउने परीक्षक हो एञ्जल्स् हार्ट
फुल्दै गरेका, मुस्कुराई रहेका
यी कलिला मुनाहरुको
संरक्षक हो एञ्जल्स् हार्ट
एकता, भातृत्व र सहकार्यको
बीज छर्ने कृषक हो एञ्जल्स् हार्ट
फुल्दै गरेका फूलहरुको संरक्षक हो एञ्जल्स् हार्ट ।
रमा शर्मा
शिक्षिका
