Posted on : 22 November 2019
Views : 1656
के गर्यो हाम्रो देशलाई
गर्दै छ भारतले मनमानी
आफ्नो नक्शामा कोरीहाल्यो
हाम्रो लिपुलेक, लिपियाधुरा अनि कालापानी ।
किन चुपचाप छन् हाम्रा नेताहरु
पहिले पनि लग्यो भारतले दार्जिलिङ्ग अनि टिस्टा
खै नेताहरु कहाँ गए
तिम्रो भाषण अनि देशप्रतिको निष्ठा ।
गौतम बुद्ध जन्मेको देश
भन्दै गर्छौ सँधै गर्व
कहिले नाकाबन्दी त कहिले च्यापी माग्छौ
खै त बुझेको देशको मर्म ।
सँधै हिँड्छाै कुर्सीको पछाडी
अनि लिन्छौ महँगो कर
बुझी हाम्रो रगत पसिना
अब त केहि गर ।
भन्छौ विकास गर्छु देशको
तर दिन्छौ काम भ्रष्टचारी ठेकदारलाई
राष्ट्रपति पनि चढ्छिन् अनि
महत्व दिन्छिन् करोडाैँको कारलाई ।
राजतन्त्रबाट लोकतन्त्र आयो
तर सुध्रिएन देशको हालत
जसले हामीलाई लुटिरहेको छ
त्यसलाई भन्छौ मित्र राष्ट्र भारत ।
भावना पुन
कक्षा - ७
