भविष्य तिम्रो

Posted on : 03 December 2019
Views : 1363

हे प्यारा बाबु, हे प्यारा नानी, बन है मेहनती,
भविष्य उज्जवल बनाउनलाई, हटाउन बेथिति ।

कलिला तिम्रा पाइलाहरुले, चुम्नेछन् माथमा,
पाइन्छ बालेर ज्योति ज्ञानले सफलता हातमा ।

अध्ययनले मात्र गराउँछ तिम्रो मस्तिष्क मजबुत,
प्रज्ज्वलित गराई इज्जत र नाम, कलाको प्रस्फुट ।

सृजनशील कर्म गरेर देखाऊ, नहटेर पछाडि,
सङकल्प लिई चन्द्रमा छुन, बढे है अगाडि ।

राखेर अभिलाषा महानतम ज्ञानको सागर दोब्बर
नठाने कमजोर आफुलाई कहिल्यै पाएमा ठक्कर ।

निष्ठाले तिम्रो बढाउँछ शान बन्नु है विवेकको धरोहर,
रोपेर ज्ञान यहीँ माटोमा बनाउनु बुद्धको जीवन सरोबर ।

विकास गराई संस्कृति पठन, व्यक्तित्व भूषण हुन,
राखेर उच्च विचार र मनलाई, क्षमता पोषण हुन ।

चिनेर आफ्नो अब्बल गुण, सुसंस्कृत कर्मले,
बुझ्नु है सधैँ महत्व कालको स्वच्छन्द मर्मले ।


 

विन्दु पुन

शिक्षिका