मानिसले जीवनमा किन लक्ष्य बनाउँछ, किन सानै देखि बनाउँछ, किन धेरै बनाउँछ। यो बनाउनुको कारण भविष्यमा गएर राम्रो काम गरी आफ्नो परिवारलाई खुशी पारी राम्रो भविष्य बनाउनका लागि हो । मानिसले यो लक्ष्य बनाउनका लागि हो। मानिसले यो लक्ष्य बनाएर यस्तो फल आउँछ भनेर जीवनको लक्ष्य पहिलेदेखि नै राखेका हुन्छन् । मानिसले लक्ष्य दिमाग लगाएर आफ्नो भविष्य उज्ज्वल हुने गरी बनाउँछ । मानिसले यी लक्ष्य आफ्नो जिविका चलाउनको लागि मात्र नभई अरुलाई सेवा गर्नका लागि, अरुको भलाइका लागि पनि सोचेका हुन्छन् । ठूला ठूला मानिस सफल हुनुका कारण सानैदेखि लक्ष्य लिएर प्रयास गर्नु हो । मानिसहरु विभिन्न लक्ष्य रोज्छन् तर म डाक्टर बन्न चाहन्छु ।
मलाई लाग्छ डाक्टर बनेपछि सबै थोक हुन्छ । तर सबै थोक हुन्छ वा हुँदैन म पक्का छैन । म त चाहन्छु कि सबै मानिसले बढी मात्रामा पानी खाएर, सागपात खाएर, पोषणयुक्त खाना खाएर डाक्टरको आवश्यकता नै नपरोस् । म डाक्टर बनेर पैसा पनि कमाउन चाहन्छु, परिवारलाई मात्र नभई सारालाई खुसी पार्न चाहन्छु । गरिब, दिन दुःखी छन् र उनीहरुको स्वास्थ राम्रो छैन तर उनीहरुसँग उपचार गर्ने पैसा नभएर उपचार नगरिकन बसेको छ भने निःशुल्क उपचार गरिदिन्छु । जुन ठाउँमा अस्पताल छैन त्यहाँ अस्पताल बनाउछु र त्यस ठाउँमा मानिसलाई उपचारका लागि भनेर टाढा टाढा जान नपरोस् । यो मेरो काम देखेर सबै मानिस खुसी हुन्छन् भन्ने लाग्छ । मलाई मेरो बुबा, हजुरबुबाहरुले पहिलेदेखि नै डाक्टर बनेर यस्तो काम गर्नुपर्छ भनेर मलाई पहिलेदेखि नै भनिराख्नुभएको थियो । तर मलाई डाक्टर बन्ने मन थिएन । जब म कक्षा ४ मा पढ्दथेँ। मलाई कक्षा ४ मा पढाउने नेपाली शिक्षकले भन्नुभएको थियो कि “सेवा नै धर्म हो” सबै मानिसलाई सेवा गर्नुपर्छ र सेवा गरेर ठूलो मान्छे बन्नुपर्छ । र, मैले त्यही बेलादेखि सोचे म डाक्टर बनेर यस्तो गर्नुपर्छ भन्ने त्यसदेखि मनमा सोचिरहेँ । म अझैँ पनि डाक्टर बन्ने मनमा सोचिरहेको हुन्छु ।
म अवश्य नै माथि बोलेका कुराहरु पुर गर्नेछु । म डाक्टर बन्न अहिलेदेखि नै मिहिनेत गरेको छु र अझै बढी मिहिनेत गर्ने छु । भनिन्छ , “मन लगाएर आँटेको कुरा अवश्य सफल हुन्छ”। यति भन्दै मेरो कलम यही बन्द गर्दछु । धन्यवाद ।
नयन भण्डारी
कक्षा: ७
