जय होस्

Posted on : 06 April 2020
Views : 1200

जय होस् यो देशको

जय होस् यो धरतीको

गौतम बुद्ध सीता जनक

जन्मेको यो माटोको

जय होस्

वीर वीराङ्गनाको यहाँ

रीति रहिरहोस्

यो देशको लागि मर्नेहरु

ध्र्रुवतारा बनिरहोस्

धीर रहोस् स्वभिमान नेपाली जनताको

आशा बनोस् भोलिका उज्याला दिनहरुको

चन्द्र सूर्य बोक्ने हातेमालो नटुटोस्

काँधमा काँध मिलाउने भावनाको कदर होस्

ढिक्को रहोस् करोडौं नेपाली शक्तिहरु

चूर्ण बनोस् यो देशका सारा वैरी हरु

जय होस् ।


योगन्द्र राजकर्णिकार

सङ्गीत प्रशिक्षक