Posted on : 06 April 2020
Views : 1267
जय होस् यो देशको
जय होस् यो धरतीको
गौतम बुद्ध सीता जनक
जन्मेको यो माटोको
जय होस्
वीर वीराङ्गनाको यहाँ
रीति रहिरहोस्
यो देशको लागि मर्नेहरु
ध्र्रुवतारा बनिरहोस्
धीर रहोस् स्वभिमान नेपाली जनताको
आशा बनोस् भोलिका उज्याला दिनहरुको
चन्द्र सूर्य बोक्ने हातेमालो नटुटोस्
काँधमा काँध मिलाउने भावनाको कदर होस्
ढिक्को रहोस् करोडौं नेपाली शक्तिहरु
चूर्ण बनोस् यो देशका सारा वैरी हरु
जय होस् ।
योगन्द्र राजकर्णिकार
सङ्गीत प्रशिक्षक
