Posted on : 12 April 2020
Views : 1378
नेपाली माटोमा जन्मिएकी एक आदर्श नारी तिमी ।
पवित्रता, त्याग, समर्पण , सहयोग एवं सद्भावकी देवी पनि ।।
थिए पवित्र तिम्रा विचार र भावना पनि ।
सम्पत्तिमा नमातिने, विपत्तिमा नआत्तिने, धैर्य र
सहनशीलताकी खानी नेपाली नारी तिमी ।।
फूलजस्तो तिम्रो त्यो सुकोमल शरीर जङ्गलका ती
कठोर काँडाहरु बिच फूल्यो ।
तिम्रो त्यो सत्कर्मको सुवासले पूरै लङ्कासमेत मगमगियो ।।
पायौ तिमीले जीवनमा कालो बादलले समेत नपाएको पीडा ।
सत्ता, सम्पत्ति र सुखको स्वार्थमा कहिल्यै भइनौ किरा ।।
पवित्र तिमी हुँदाहुँदै लगाइयो तिमीलाई आरोप अनेक ।
आरोपले तिम्रो हृदय भतभति पोल्दा पनि पर्यो सधै मन एक ।।
फूलभन्दा पनि सुन्दर, नौनी भन्दा पनि कोमल तिमी ।
राष्ट्रको नाम समुज्ज्वल पार्ने महान् नारी सीता तिमी ।।
भावना पुन
कक्षाः ७
