Posted on : 15 April 2020
Views : 1278
प्रकृतिको काखमा बसी
नदी खोला सुसाउँछ,
डाली हल्लाई मच्ची मच्ची
चरी गीत गुनगुनाउँछ ।
डाँडा पाखा हरियाली जहाँ
हाँसेको हिम शिखर,
नाच्छन् मुनाल, डाँफे, मयुर यहाँ
डोलाई प्रकृति पुच्छर ।
झाउँकिरीको सुर बदली बदली
सबलाई संगीत सिकाउँछ,
कस्तुरी सुगन्ध फिँजाई फिँजाई
स्वर्गको काखमा निदाउँछ ।
विहानी पख भाले बासी
सुतेकालाई बिझाउँछ,
मैना सुशील बोल्दै सबैलाई
हाँसेर बाँच्न सिकाउँछ ।
शिक्षा थापा
कक्षा : ६
