जीवन

Posted on : 21 April 2020
Views : 1225

जीवन धेरै लामो छ
जिउन सिक यसमा,
असल काम गरेर
नाम लेख्नु छ यही देशमा ।

अमूल्य छ जीवन
खुल्न सिक यसमा,
ज्ञानी सधैँ बनेर
अघि बढ्नु छ देशमा ।

जीवनमा नै गर्नु छ
उन्नति सँगै प्रगति,
असल काम गर्नुपर्छ
नगर्नु कहिल्यै बेइज्जती ।


निकिल मगर

कक्षाः ९