Posted on : 25 December 2023
Views : 729
आमा म हजुरको आखाँको नानी
हजुर बोलाउनु हुन्छ भनि सानी नानी ।
बाबा म हजुरको लागि हुँ छोरा
हजुरको सपना गर्नेछु पूरा ।
मलाई गाली गर्ने पनि हजुरहरू
म रोए भने फकाउने पनि हो हजुरहरू ।
बुबा म हजुरको अगाडि चकचके
मामु म हजुरको अगाडी सोझी ।
कपडा च्यातियो भने मामु हजुरले सिलाइदिनुहुन्छ
त्यो देखेपछि बाबाहजुरको नयाँ किनिदिनुहुन्छ ।
(Angels' Voice, Vol. 11)
सन्ध्या पुन
कक्षा - १०,N2
