मेरो प्यारो नेपाल

Posted on : 29 December 2023
Views : 835

हिमाल, पहाड अनि तराईको अनौठो सङ्गम यो,

सुस्केरा हाली पाखा पखेरा घन्काइ निरन्तर खोला नाला बगेको,

सिमा बनी उभिएका ठूला ठूला नेपाल,

प्यारो अनि पवित्र देश मेरो प्यारो नेपाल ।

गौतम बुद्धको जन्मभूमि,

ऋषिहरूको तपोभूमि,

शान्ति हो यहाँको मूल तत्व

नेपाल नरहे नेपालीको कहाँ हुन्छ अस्तित्व ।

प्राकृतिक सुन्दरताको भरिपूर्ण मेरो देश,

भेटिन्छ यहाँ विरताको अवशेष,

पर्छ यही विश्‍वको अग्लो हिमाल,

मेरो प्यारो मातृभूमि नेपाल ।

धर्म संस्कृति, जातजाति भेषभूषा अनेक,

मिलिजुली बस्छन् यहाँ नेपाली हरेक,

नेपाल यो स्वर्ग झैं सुन्दर देश,

जति नै भाषा बोले पनि नेपाली नै विशेष ।

(Angels' Voice, Vol. 11)

गुन्जन पण्डित

कक्षा १०, H2