Posted on : 03 January 2024
Views : 724
चारैतिर हरियाली
सुन्दर मेरो गाउँ ।
पवित्र शालिग्राम ढुङ्गाले
रोजेको मेरो ठाउँ ॥
छयाङ्छयाङ गर्दै बगेको
त्यो अमला खोला ।
जति बयान गरेपनि
भरिदैन मेरो झोला ॥
रातमा आकाशको तारा
झर्ने मेरा गाउँका पहाडहरू ।
मेरा गाउँदेखि आकर्षित भई
झर्दै गाउँका झरनाहरू ॥
वीर सहिद जन्माउने
हो मेरो गाउँ ।
शिरमा भरानि माताको
आशिर्वाद भएको मेरो ठाउँ ॥
मानिसहरूले गर्ने गर्दछन्
मिहिनेत र परिश्रम धेरै ।
पर्यटन र पाहुनाहरूलाई
गर्ने गर्छन सम्मान सधैँ ॥
(Angels' Voice, Vol. 11)
कृतिका राना
कक्षाः १० N2
