असल बानी

Posted on : 07 January 2024
Views : 706

कसैलाई कुनै कुरामा झुट बोल्नु हुन्‍न हामीले,
ठुलाको कुरा काट्नु हुन्‍न हामीले ।

बिहान उठेपछि हात मुख धुनु पर्छ,
स्कुलबाट आएपछि अनि खेल्नुपर्छ ।

ठुलोलाई सम्मान गरेर बोल्नुपर्छ तब हुन्छ राम्रो,
तेरो तेरो होइन भन्‍नु पर्छ तिम्रो ।

ज्ञानी भइ बस्नुपर्छ गुरुआमाको कुरा मानी,
अनि भन्नु हुन्छ गुरुआमाले कति असल नानी ।

हामीले पानीपुरी, चटपटे खानुहुन्‍न,
आमा बुबासँग नराम्रो सित बोल्नु हुन्न ।

नचिनेको मानिससँग कतै जानुहुन्‍न,
अरुको सामान नसाेधी लिनु हुन्‍न ।

(Angels' Voice, Vol. 11)

अंशु शर्मा

कक्षा ७, कोशी