जीवन

Posted on : 10 January 2024
Views : 659

जीवन हो एउटा कथा यात्रा,
हामी सबै यस कथाको पात्र ।

दिनकै नयाँ कुरा सिक्छौँ,
दिनकै नयाँ मान्छे भेट्छौँ ।

जति भेटे पनि थोरै मान्छे चिन्छौँ,
थोरै मान्छेबाट थोरैले साथ दिन्छन् ।

आमाले सिकाउनु भयो राम्रो बाटो हिड्न,
बुबाले सिकाउनु भयो आफ्नो लागि लड्न ।

शिक्षकले सिकाउनु भयो आफ्नो लागि बोल्न,
साथीहरूले सिकाए कष्टको समयमा हास्न ।

कहिले छाउँछ अन्धकार र तम,
कहिले छाउँछ घामको उज्यालो किरण ।

जीवन हो एउटा कथा यात्रा,
हामी सबै यस कथाको पात्र ।

(Angels' Voice, Vol. 11)

कृतिका श्रेष्ठ

कक्षा १० H2