आमा सबैको महान् हुन्छन् । EVERY MOTHER'S OUT THERE ARE GREAT ! मेरी आमा पनि महान् हुनुहुन्छ । असाध्यै महान् सायद नै हामीले पुज्ने भगवान नि त्यति महान् हुनुहुन्न । त्यसैले मेरो भगवान नै मेरी आमा हुन् । उहाँसँग झगडा गर्छु, लड्छु, धेरै पटक नराम्रो शब्द भनेको छु । तर अन्त्यमा सधैं उहाँलाई देखेर आश्चर्य चकित पर्छु कि कति धेरै धैर्य र माया छ है उहाँको मनमा । कस्तो मन दिएछन् भगवानले मेरी आमालाई कि उहाँ मन पुरै ममताले भरिएको छ ।ममता कि सागर हुन् मेरी आमा, धैर्यता कि खानी हुन् मेरी आमा, यो पृथ्वी कै सबै भन्दा महान् व्यक्ति हुन् । मेरो लागि मेरी आमा मलाई घाउचोट पर्दा तिम्रा आँखा रसाउँछन् ।
म बिरामी हुँदा तिमी अनिदो बस्छौ, मेरो आवश्यकताको लागि आफ्नो सबै आवश्यकता त्याग्छौ अनि मेरो हक खुशी र हितको लागि निरन्तर तिमी लडिरहन्छौ । मेरी आमा कत्ति प्यारी छौ है तिमी । सात फेरा लिएर सात जन्मसँगै हुने कसम कोहि महिला (स्त्री) सँग हैन तिमीसँग लिन चाहन्छु मेरी आमा । हरेक जन्म तिम्रै छोरा भएर जन्मन चाहन्छु मेरी आमा ।
(Angels' Voice, Vol. 11)
नोबल कार्की
कक्षा १० N2
