Posted on : 19 January 2024
Views : 656
मेरो देश नेपालको चिनारी इतिहासमा गन्न पाएँ,
सधैँ यो ओठमा जन्मभूमी जय जय भन्न पाएँ ।
कति आए कति गए अहिले नेपालकी भन्न पाएँ,
विदेशीको अतिक्रमणमा छाती फुलाएर लड्न पाएँ ।
यता जाउँ उता जाउ शान्ति सुन्दर शहर पाएँ,
खुल्ला सफा बाटो बनाई बगैंचा भै सिङ्गारिएँ,
सधैं यो ओठमा जन्मभूमि जय जय भन्न पाएँ ।
(Angels' Voice, Vol. 11)
स्नेहा पुर्जा
कक्षा -१०, N2
