आफ्नो गन्तव्यमा

Posted on : 02 February 2024
Views : 849

आकाशमा चरा उडेका छन्,
आफ्नो विभिन्‍न गन्तव्य बोकेर ।
यसरी नै उड्नु छ मलाई,
आफ्नो सपनाको शिखर तिर ।

अहिले म मिहिनेत गर्दैछु,
अनि त मेरो भविष्य उज्वल देखिनेछ ।
सम्पूर्ण कुरालाई समेटेर,
आफ्नो गन्तव्यतर्फ पाइला बढाउनुछ ।

स्वतन्त्र भई मलाई अकाशमा फैलिनुछ,
चराको पखेटा जसरी नै हावा सँगसँगै उड्नुछ ।
आकाशमा उडेका चरा झैँ मलाई पनि उड्नुछ ।

आज असफल भए पनि भोलि सफल हुनेछु,
जिन्दगीको गोरेटोमा जहिले म अघि बढ्ने छु ।
यसरी नै आफ्नो स्वतन्त्रता तर्फ लाग्नेछु,
भविष्यमा एउटा ठुलो मान्छे बन्‍ने छु ।

(Angels' Voice, Vol. 11)

सुशान्त पौडेल

कक्षा -१०, O2