विश्वमा मानिसले सामान्य स्थानीय तहमा विचार, खबर, अवस्था, सूचना, भावना, विश्वास, सोच, मान्यता व्यक्त गर्न भाषा प्रयोग गर्दछ । यस प्रकार, ढुङ्गे युग देखि मानिसले आफू बसोबास गर्ने गुफाका भित्तामा चित्र बनाई भाषा शैलीको विकासको सुरुवात भएको हो भने अहिले विश्वमा मानिसहरू आफ्नो समुदाय, भूगोल, संस्कृति अनुसार भाषा बोल्दछन् । विश्वभर कैयौँ प्रचलित र प्रचलनमा नभएको भाषा छन् भने तथ्याङ्क अनुसार विश्वमा हरेक हप्ता एक भाषा हराउँदै गएको पाइन्छ ।
अहिलेको अवस्थामा भने नेपाली भाषाको लेखन प्रक्रियामा समस्या आएको पाउन सकिन्छ । विशेष गरि स्कुल, कलेजमा अध्ययन गर्ने बालबालिकाहरू आफूलाई आफ्नै देशको राष्ट्रिय भाषा लेख्न गाह्रो महसुस गर्दछन् । ऐतिहासिक रुपमा हेर्ने हो भने नेपालमा नेपाल एकीकरणका पछि समयमा देशले नै एउटै भाषा बोल्दा एकता र अखण्डता सिर्जना हुने भन्ने कुरालाई महत्त्व दिइ देश भरि विद्यालयका औपचारिक शिक्षा प्रणालीका लागि प्रयोग हुने पुस्तकहरू सबै नेपालीमा छापिन थालियो र केही हद सम्म एकता बनाउन सफल पनि भइयो । पछि राणाशासनको सुरुवात पछि राणा शासनका प्रधानमन्त्री जङ्ग बहादुर राणा बेलायत भ्रमण गर्न जाँदा यहाँका मानिसले प्रयोग गर्ने अङ्ग्रेजी भाषा बोल्न र बुझ्न नसक्दा आफूलाई लज्जित महसुस गर्दछन् । पछि नेपाल फर्किएर अङ्ग्रेजी भाषाको महत्त्व बुझ्दै अङ्ग्रेजी भाषामा शिक्षा प्रदान गर्नका उद्देश्यले दरबार हाई स्कूल स्थापना गरे । यस हाई स्कुलमा पनि औपचारिक विद्यालय पोसाक लगाउने, स्कूल झोला बोक्ने जस्ता बेलायती शैली प्रयोग गरिन्थ्यो । यसले नेपालमा ठूलो प्रभाव पार्यो । दरबार हाई स्कुलमा धनीमानी, राणा, उच्च राजनीतिक पदका छोरा छोरी मात्र पढ्न जाने प्रचलन भएका कारण अङ्ग्रेजी भाषालाई उच्च स्तरिय भाषाका रुपमा चिनियो । प्रधानमन्त्री, मन्त्रीका भाषण तथा उच्च कार्यालयीय निवेदनमा तथा अन्य महत्त्वपूर्ण अवस्थामा उपयुक्त शिक्षा पाएकाले मात्र बुझ्ने र प्रयोग गर्ने भएकाले अङ्ग्रेजी भाषालाई अझै महत्त्व दिइयो । नेपाली माझ अङ्ग्रेजी भाषालाई उच्च स्तरीय भाषाका दृष्टिकोणले हेर्न थालियो । अहिले पनि प्रष्ट अङ्ग्रेजी बोल्न सक्ने मानिसलाई उच्च सम्मानस्वरुप दृष्टिले समाजमा चिनिने गरिन्छ । त्यसैगरि अङ्ग्रेजी भाषा विश्वव्यापिकरण भएको बेला युवाहरू पछि गएर विदेशमै रोजगारी गर्ने हो, किन नेपाली भाषा सिक्नु, जान्नु पर्यो भन्ने सोचले नेपाली भाषा लेखन पठनमा कमजोर भएका छन् । त्यसै गरि विद्यालय तहमा पनि अङ्ग्रेजी भाषालाई प्राथमिकता दिई नेपाली प्रयोग गर्नेलाई फाइन लगाउने जस्ता काम पनि सञ्चालन गरिएको छ ।
नेपाली भाषामा बाहिरी प्रभावले गर्दा कम्जोरी देखिएको छ भने नेपाली भाषा लेखन र पठनमा नेपालीको कठिन व्याकरण शैली पनि हो । नेपालीको कठिन व्याकरण शैलीका कारण विद्यार्थीहरू नेपाली भाषा लेखन र पठनमा समस्या देखिन्छ । विद्यार्थीहरू ह्रस्व, दिर्घ, कहाँ आकार लगाउने, व, ब, ज्ञ, ऋ, ञ जस्ता शब्दको प्रयोग गर्ने पनि कठिन मान्दछन् । यस्तै हुँदै जाने हो भने नेपाली भाषाकासँगै हाम्रो संस्कृति र परम्परा पनि हराउँछ । यस्तो हुँदा हाम्रो भाषा जोगाउन व्याकरणका गीत बनाइएको छ । हालको समयमा सामाजिक विषयलाई नेपाली सिकाउनु पर्ने भन्दै सामाजिक विषय र सामाजिक पुस्तक नेपाली भाषामा रुपान्तरण गरिएता पनि यस्तो हुँदा कतिपय अभिभावकले "हाम्रो नानीबाबुले नेपालीमा पढ्नै सकेनन्" भन्दै गुनासो गरेका छन् । यसरी हाम्रो सभ्यता जगाउने हाम्रो राष्ट्रिय भाषा "नेपाली भाषा" को हालको अवस्था विकराल रहेको छ ।
(Angels' Voice, Vol. 11)
मुनकर्ण थापा
कक्षा -१० 'O2'
