Posted on : 09 February 2024
Views : 793
नौ महिनासम्म कोखमा राखेर धर्तीमा टेकायौ,
के सही र के गलत पनि तिमीले नै सिकायौ ।
दुःख, कष्ट र पिरमर्का सबै आफूभित्रै राखी,
स्नेह, माया र ममता बर्सायौ निःस्वार्थ म माथि ।
औँला समाई हिँड्न र कुद्न पनि सिकायौ,
जस्तो सुकै समस्यासँग जुध्न पनि सिकायौ ।
दिनभरि लागेको थकाइ हराउँछ साँझमा,
किनभने हुन्थ्यौ तिमी हामी सबको माझमा ।
जति ठुलो भए पनि मलाई तिमै काख प्यारो,
तिमी एकछिन नहुँदा, मेरो संसार अँध्यारो ।
जहिले पनि तिमीलाई आमा भन्न पाऊँ,
जुनी जुनी सयौं जुनी तिम्रै सन्तान बन्न पाउँ ।
कति राम्रा थिए ती दिनहरू, न कुनै पिर न चिन्ता ।
हे भगवान् ! हुन्छ भने देऊ मलाई, मेरो त्यही बाल्यकाल फिर्ता ।
(Angels' Voice, Vol. 11)
सौरभ पुन
कक्षा -१०, O2
