Posted on : 13 February 2024
Views : 702
कसैलाई थाहा छैन को हुन् यी महान् व्यक्ति,
कसैलाई थाहा छैन किन छन् यति धेरै मिहिनेती ।
सबै दुःख, कष्ट आफू नै सहन्छन्,
अरुलाई दुःख पर्दा आफू नै अघि बढ्छन् ।
पूजा गर्दा भगवान् लाई बालिन्छ धुप,
गुरु नै हो भगवान् को एउटा रुप ।
राम्रो बाटो हिँड्न सिकाउनुहुन्छ खुरु खुरु
त्यो महान् व्यक्ति हुन् गुरु ।
आफू पिडामा भए पनि हामीलाई खुसी बनाउनु हुन्छ,
हामीलाई असल व्यक्ति बनाउन जे पनि गर्न सक्नुहुन्छ ।
गुरु नै हुन् जसले, हामीलाई राम्रो व्यक्ति बनाउन हार मान्नुहुँदैन,
हामी माथि आश कहिले पनि छाड्नुहुँदैन ।
हो यी महान्, व्यक्ति ने हुन् गुरु,
यी महान् व्यक्ति नै हुन् गुरु ।
(Angels' Voice, Vol. 11)
दिपिका छन्त्याल
कक्षा -९, गोसाइकुण्ड
