करोडौँ मान्छेहरू मुस्कुराएको देख्छु
तर तिम्रो मुस्कान सबै भन्दा खास र प्यारो लाग्छ आमा, बुबा ।
आमा तिमी जन्म दिन मलाई,
बुबा तिमी प्राण दिने मलाई ।
जब म बिरामी हुन्छु,
औषधी भन्दा पहिलो तिम्रो याद आउँछ ।
मैले खाने दुधको पहिलो थोपा तिमी,
मैले बोल्ने बोलीको पहिलो शब्द तिमी ।
म हुँदा देखि सानी नानी,
थियौँ तिमी मायाको खानी ।
तिमी छौ र त घर स्वर्ग भएको छ,
आमा घर हुन्, त बुबा जग हुन्,
आमा बिना घर खाली, र बुबा बिना जिन्दगी ।
हजारौं लाखौं पटक कोसिस गरे र दुई,
थोपा बिर्यले लेखेको मेरो जीवन तिमी,
महान लेखक हौ बुबा ।
मेरो स्वरुप चित्रण गर्न नौ महिना सेतो,
क्यानभासमा घोटिरहने तिमी महान् चित्रकार हौ आमा,
तिमी पुरै जिन्दगी कोरिएको चिठी हौं ।
म तिम्रो खाम भएर बाँच्छु,
तिमीलाई गर्मी हुँदा छाहरी र जाडो हुँदा घाम भएर बाँच्छु ।
जब म तिम्रो दुःख बोकेर हिड्ने छु,
त्यो दिन म अति खुसी हुने छु ।
संसारको सबैभन्दा सुन्दर व्यक्ति हौ तिमी,
उदासी तिम्रो महारमा सुहाउँदैन आमा बुबा ।
(Angels' Voice, Vol. 11)
सायूना पौडेल
कक्षा -९, गोसाइकुण्ड
