एकादेशमा एउटा घना जङ्गलै जङ्गलको बिचमा एउटा सानो गाउँ थियो । त्यो गाउँ भन्दा अरु कुनै पनि घर र गाउँ केही पनि थिएन । त्यो गाउँ भन्दा माथि एउटा हिमाल थियो र हिमालको जराको भागमा एउटा ठूलो पोखरी थियो । त्यो पोखरीमा हाँस थियो । पोखरीमा निकै माछाहरू थिए तर हाँसले ती माछाहरूलाई नोक्सान पुर्याउँदैन थियो । हाँस आफ्नो भोजन जङ्गलमा भएका किरा फट्याङ्ग्रा खाथ्यो तर पोखरीको माछाहरूलाई केही पनि नोक्सान पुर्याउँदैन थियो । त्यहाँ पूजा गर्ने पुजारी त्यस्तो दृश्य देखेर छक्क पर्थ्यो । हाँस जनै पुर्णिमामा मात्रै पोखरीबाट निस्केर बेलुका आउने गर्थ्यो । पुजारी अर्को वर्षमा जनै पूर्णिमामा पूजा गर्न जाँदा त्यो हाँसलाई झ्याडी तिर गएको थियो । पुजारी पनि त्यो हाँसको पछि-पछि गयो । उसले एउटा ठुलो ढुङ्गाको पछाडी लुकेर हेर्यो । हाँस बिस्तारै एउटा देवीको रुपमा प्रस्थान गर्यो । पुजारी त्यो दृश्य देखेर दङ्ग पर्यो । ऊ सबै गाउँलेलाई त्यो पोखरीको हाँस साधारण हाँस साधारण हाँस नभई रहेछ भनी भन्यो । गाउँलेहरू आफ्नो पूजा पाठको सामान बोकेर पोखरी तर्फ लाग्यो । हाँस फेरि आफ्नो रुप बदलिएर पोखरीमा बस्यो । गाउँलेहरू केही समयपछि पोखरी पुग्यो र पूजा पाठ गरी देवीलाई पुजारीले सोध्दा देवीले त्यो हाँस (देवी) गाउँलेलाई रक्षा गर्ने देवी र सौताक भुतप्रेतहरूलाई मारी गाउँलेहरूलाई र गाउँलाई रक्षा गर्ने देवी हुन् भनेर चिनि सकेपछि गाउँलेहरू त्यो दिन देखि कहिल्यौ पनि नछुट्याई पूजा गर्ने भनी सल्लाह गरेछन् । त्यो पोखरीको देवी पनि मानिसहरू उनलाई जहिल्यै पनि पूजा गर्न थाले पछि निकै खुसी हुनुभयो ।
(Angels' Voice, Vol. 11)
सुप्रिया घले
कक्षा ७, महाकाली
