Posted on : 28 February 2024
Views : 633
गुरु नै हो सबै वेद
गुरु नै हो सबै पुराण
गुरुलाई गर्नु सम्य सम्मान
गुरु नै हो जीवनको आकास ।
न त कसैलाई धनि देख्छ
न त कसैलाई गरिब
न त कसैलाई आफ्नो भन्छ
न त भन्छ पराई ।
आफू जति दुःखी भए पनि
शिष्यलाई सुखी बनाउँदछ
मैनबत्ती जस्तो बलेर आँफै
ज्ञानको ज्योति फैलाउँदछ ।
आदर्श व्यवहार हुन्छ गुरुको
सागर जस्तै हुन्छ ज्ञान
कसैलाई बनाउँदछ डाक्टर
कसैलाई बनाउँदछ महान् ।
(Angels' Voice, Vol. 11)
बिनिशा गिरी
कक्षा -६, मुनाल
