Posted on : 03 March 2024
Views : 2371
कति राम्रो छ यो देश
किन छाड्छन् यो देशलाई
जान्छन् खाडी मुलुक सबै
भन्छन्, आएछ किन म यहाँ ।
चार वर्ण छत्तिस जातको देश
तैपनि भित्रिन्छन् सबै विदेश
मठमन्दिरले भरिएको ठाउँ
कति रमाइलो छ हाम्रो गाउँ ।
हिमाल पहाड तराई छ सगरमाथा शिर
कसैसामु झुक्नुहुन्न नेपाली हो वीर
हिमाल पहाड खोलानाला नदी डाँडा पाखा
हरियाली जङ्गल हाम्रो गाउँ छ कोइलीको भाका ।
जन्मभूमि नेपाल हाम्रो,
नेपाली हो, सबै हामी आफ्नै भाषा भेष
चार वर्ण छत्तिस जातको देश
कति राम्रो छ यो देश ।
(Angels' Voice, Vol. 11)
कृति सापकोटा
कक्षा -७, मेची
