धान रोपाई

Posted on : 05 March 2024
Views : 757

असारको १५ धान रोप्ने दिन,
दही चिउरा खाने हिलो खेल्ने दिन ।

रोपाइको बेला पानी पर्‍यो झम झम,
नाची रोप्दा भयो रमझम ।

माना रोपी मुरी फलाउने दिन,
धान फलोस् धेरै, तिर्ने गरी ऋण ।

ह ह माले ह ह रमाइला सेवार
पान सुपारी दिन राम्रो छ संस्कार ।

छुपु छुपु रोपाइ ल्याउ सहकाल
कर्म गर्ने किसान माग्छ काम ।

(Angels' Voice, Vol. 11)

सुइन श्रेष्ठ

कक्षा -६, मैना