आजको युग विज्ञानको युग हो । विभिन्न वैज्ञानिक आविस्कारले धेरै जस्तो देशले फड्को मारेको छ । विज्ञानले अहिले निकै खतरनाक रोगहरू पत्ता लगाएर, त्यसको विरुद्ध खोप वा औषधी बनाएको छ । पहिले मानिसहरू अकालमा नै आफ्नो ज्यान गुमाउँथे । कसैलाई रोग लागेर मरे पनि त्यो कुन रोगले मरेको हो थाहा हुँदैनथ्यो । तर विज्ञानले नै के रोग हो र यसको औषधी के हो ? भनी पत्ता लगायो । उदाहरणको लागि, विश्वलाई त्रसित पार्ने रोग 'कोरोना' भाइरसको नाम लिउँ । तर अहिले हामी यस रोगको विरुद्ध खोप लगाएर अलिकति भएपनि डरलाई टाढा भगाउन सफल भएका छौँ । यो सबै विज्ञानले नै सम्भव भएको हो ।
यो त भयो रोगको कुरा, विज्ञान र प्रविधिलाई हामी टाढा राख्न सक्दैनौ । "विभिन्न प्रविधि जस्तै- बिजुली, विद्युतीय, उपकरण, इन्टरनेट, मोबाइल आदि" यो सबै विज्ञानले नै उत्पादन गरेका उपलब्धि हो । जसको बिना अब सायदै हामी हाम्रो जीवन सोच्न सक्छौ । यी कुराहरू अब हाम्रो जीवनलाई नभई नहुने कुरा जस्तो भैसक्यो ।
(Angels' Voice, Vol. 11)
दिया श्रेष्ठ
कक्षा -६, मैना
