Posted on : 07 March 2024
Views : 565
सानो सानो खोला
कहाँ पुग्ने होला
कहिले थकाइ मार्ने
कहाँ सुत्ने होला ।
कलकल गर्दै के कुरा गर्छ
लक्ष्य भेट्न यसरी हिँड्नुपर्छ
सानो सानो खोला
कहाँ पुग्ने होला
कहाँ होलान् साथी
कसलाई भेट्ने होला ।
एक्लै गीत गाउँछ, भीरपाखामा बग्छ
लामो यात्रा पार गरी सागरमा पुग्छ
सानै भए पनि
कत्ति ज्ञानी होला ।
(Angels' Voice, Vol. 11)
इना श्रेष्ठ
कक्षा -६, मैना
