गुरु ती व्यक्ति हुन् जस्ले हामीलाई सही मार्गमा हिड्न सिकाउँछन् । गुरुले हामीलाई हाम्रो उज्वल भविष्य बनाउनका लागि हामीलाई मद्दत गर्दछन् र हामीलाई एक असल नागरिक बन्न सहयोग गर्दछन् । गुरुले हाम्रो जीवनमा ठूलो भूमिका निर्वाह गर्दछन् । हरेक व्यक्तिको लागि उनका गुरु इश्वर बराबर हुन् । गुरुले नै हामीलाई के कुरा सहि र के कुरा गलत भनेर बुझाउँछन् । हरेक गुरुले आफ्नो शिष्यलाई असल मार्गमा हिड्न र उसको उज्वल भविष्यका लागि ठूलो योगदान पुर्याएका छन् । गुरु नै हाम्रो दोस्रो ईश्वर हुने गुरुलाई सम्मान तथा इज्जतको दृष्टिले हेर्न महत्वपूर्ण रहेको छ । कुनै पनि व्यक्ति कलाकार, व्यापारी, शिक्षक, डाक्टर जस्ता पेशा र लक्ष्यहरू पूरा गर्नका लागि गुरुले ठुलो योगदान पुर्याउँछन् । हामीहरूलाई विभिन्न रुचि अनुसारको पढाई तथा खेलहरूको ज्ञान गुरुले नै दिनुहुन्छ । विद्यार्थीका जीवनमा आएका समस्याहरू समाधान गर्नका लागि गुरुको ठूलो योगदान रहेको छ ।
हरेक व्यक्ति गुरुको सम्मान तथा इज्जत गर्न महत्वपूर्ण रहेको छ यदि हामीले गुरुको इज्जत तथा सम्मान गरेनौं भने हामीलाई सबै जनाले धिक्कार्ने छन् ।
(Angels' Voice, Vol. 11)
रोशीना गुरुङ
कक्षा ८ काञ्जिरोवा
