Posted on : 12 March 2024
Views : 1283
मन नै गोरी तन नै गोरी मेरी आमै गोरी
त्यै आमाकी बन्न मन छ मलाई असल छोरी ।
मेरी आकाश मेरी जुन मेरी प्यारी तारा
त्यै ताराको न्यानो काखमा भुल्छु दुःख सारा ।
दायाँ हेरे बायाँ हेरेँ कहि केही छैन
आमा भन्ने शब्दको मूल्य तोकिदैन ।
गालीमा नि माया हुन्छ यसलाई नकारिन्न
जननीको आर्शीवाद लेउ कहिल्यै हारिन्न ।
मान सम्मान, दया माया सबै उनलाई दिनु,
आमा भन्ने शब्दै प्यारो सधै मनमा लिनु ।
(Angels' Voice, Vol. 11)
आरोहि कुँवर
कक्षा -४, धौलागिरी
