Posted on : 13 March 2024
Views : 566
वनैभरि फेसबुक देख्छु,
मनैभरि टिकटक
विपनीमा लाइभ कुर्छु,
सपनीमा कमेन्ट ।
म उसको ढाड कन्याउँछु,
ऊ मलाई महान् भन्छ ।
म उसलाई ग्रेट भन्छु,
महानता साटासाट गर्छौ
दुबै महान् बन्छौँ ।
ऊ मलाई गज्जब भन्छ,
म पनि पैंचो फर्काउँछु ।
हामी दुबै गज्जब हुन्छौँ ।
ऊ र म मिलेर, संयुक्त लगानी गर्छौ,
काम लाग्ने मान्छे खोज्छौ, संयुक्त जयगान गर्छौ ।
म र ऊ मिलेर,
निन्दा सहकारी खोल्छौं ।
न म सकरात्मक आलोचना गर्छ,
न म सक्कली तारिफ गर्छु ।
सक्छु म लुकाउन,
मेरो नियतको धुर्त्याइँ ।
देखाउँछु म बेलाबखत,
आफ्नै मूर्खताको सार्वजनिक तमासा ।
म लिन्छु हाजिर सबको,
शिबाय आफ्नै नियतको ।
वनैभरि फेसबुक देख्छु,
मनैभरी ट्विटे गन्छु ।
म त बेकार भएछु,
म त फेकु भएछु ।
कहिलेकाही सोच्छु,
कस्तो हत्कडी हामीले आफैलाई लगाएछौँ । हैट ।
(Angels' Voice, Vol. 11)
अनामिका उप्रेति
कक्षा -८, सगरमाथा
