हाम्रो देश नेपाल

Posted on : 14 March 2024
Views : 926

हाम्रो देश हो यो नेपाल,
राजाको ताज लगाउने महान श्रमशील विरहरू
छाएको छन् अदम्य साहस बोकेर
पाइला पाइला टेकेका छन् नेपाललाई अघि बढाउन

कोही सगरमाथाको आरोही चढेर
विश्‍वमा चर्चित भएका छन् ।
कोही लेखहरू रचेर
परम्परा र रीतिरिवाजले श्रीङ्गारिएको यो देश
हिमाल, पहाड र तराई छरिएको यो देश
अद्भुत र मनमोहक दृश्य पान गरी
छरिएका छन् नेपाली रैया जसरी

सबैले आफ्नो कर्तव्य पालना गर्छन् यहाँ
दशैं तिहार जस्ता महान चाडको चर्चा हुन्छ यहाँ
धर्म, रीतिरिवाज, चालचलनलाई स्वीकारी
सबैलाई सहयोग गर्छन् यहाँ

हाम्रो यो अद्भुत रीतिरिवाज र चालचलन जनाउँछ यो देश नेपाल
कस्ले भन्‍न सक्ला नराम्रो छ हाम्रो देश नेपाल ।

(Angels' Voice, Vol. 11)

श्रीजल धरेल

कक्षा -८, सगरमाथा